समाज


काठमाडौँको चोभारमा गत वर्षजस्तो बाढी आउन नदिन गरियो यस्तो निर्णय

काठमाडौँको चोभारमा गत वर्षजस्तो बाढी आउन नदिन गरियो यस्तो निर्णय

गत वर्ष साउनमा चोभारमा आएको बाढी


नेपालखबर
जेठ १४, २०८२ बुधबार १४:६, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले गत वर्षजस्तो काठमाडौँको चोभारमा बाढी नआओस् भनेर यसपटक तयारी गरिएको बताएका छन्। 

गत वर्ष साउनमा काठमाडौँबाट बाहिरिने नदी बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव उच्च भई भीषण बाढी आएको थियो। 

बधुबार (जेठ १४ गते) सिंहदरबारमा बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर भट्टले बैठकले यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले तयार पारिएको प्रतिकार्य योजना पास गरेको जानकारी दिँदै गत वर्षजस्तो चोभारमा बाढी आउन नदिन अवरोध हटाउने निर्णय भएको जानकारी दिए। 

उनले भने, ‘अहिले मनसुन छिटै आउँदै छ। यो वर्ष मनसुन बढी पनि छ। मनसुनको बेलामा प्रतिकार्य गर्ने योजना छ, त्यो पास भएको छ। गत वर्षको बाढीबाट चोभारमा जाम भएर बहाव अवरुद्ध हुन गई जुन डुबान भएको थियो, त्यो नहोस् भन्नका लागि सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोध  हटाउने भन्ने निर्णय भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad