समाज


मालपोत कार्यालय कोहलपुरका कर्मचारी घुस रकमसहित पक्राउ

मालपोत कार्यालय कोहलपुरका कर्मचारी घुस रकमसहित पक्राउ

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार २१:३४, काठमाडौँ

बाँके जिल्लास्थित मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा गएको अख्तियारको टोलीले पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

खरिदार पाण्डेसँगै लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र घनश्याम तिवारीलाई कोहलपुर नगरपालिका–११ स्थित तिवारी रेष्टुरेण्टबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad