काठमाडौँको कागेश्वरी मनोहरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।
शनिबार साँझ कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा बा ६० प १७९५ नम्बरको मोटरसाइकललाई बा प्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1.6k
Shares

प्रतिक्रिया