खेल


म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेस बन्यो क्लब इतिहासमा पहिलोपटक बिजेता

म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेस बन्यो क्लब इतिहासमा पहिलोपटक बिजेता

नेपालखबर
जेठ ४, २०८२ आइतबार ५:४३, काठमाडौँ

म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेसलले क्लब इतिहासमा पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि उचालेको छ। 

शनिबार राति एम्बेली स्टेडियममा भएको एफए कपको फाइनलमा सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै क्रिस्टल प्यालेसले पहिलो पटक उपाधि उचालेको हो। 

उपाधि जितेसँगै प्यालेससले अर्को सिजन पहिलो पटक युरोपमा प्रतिस्पर्धा गर्ने भएको छ। 

पहिलो हाफको १६ औँ मिनेटमा डेनियल मुनोजको क्रसमा एबेरेची एजेले उत्कृष्ट गोल गर्दै क्लबलाई प्रमुख उपाधि दिलाउन सहयोग गरे। 

यता सिटीका लागि भने सन् २०१६–१७ पछि पेप ग्वार्डियोलाले सिजनको जिम्मेवारी सम्हालेपछि पहिलो पटक एकै सिजनमा उपाधि दिलाउन असफल भए। 

खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले प्यालेसलाई बधाइ दिर्दै आफुहरुले जितका लागि सबैथोक गरेपनि गोल गर्न नसकेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad