समाज


काेराेनाले अमेरिकामा एकै दिन ११ सयभन्दा बढीको मृत्यु, मृतकको संख्या ६ हजार पुग्न लाग्यो

काेराेनाले अमेरिकामा एकै दिन ११ सयभन्दा बढीको मृत्यु, मृतकको संख्या ६ हजार पुग्न लाग्यो

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ३:५२,

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिन ११ सयभन्दा बढी मानिसको मृत्यु भएको छ।

त्यहाँस्थित जन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मात्रै अमेरिकामा ११ सय ६९ जनाको मृत्यु भएको हो।

कोरोनाका कारण एउटै देशमा एकै दिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो।

यसअघि मार्च २७ मा काेराेनाका कारण इटालीमा ९ सय ६९ जनाको  मृत्यु भएको थियो।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५ हजार ९२६ जनाको मृत्यु भएको छ।

अमेरिकामा संक्रमितको संख्या अढाई लाख नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकामा सबैभन्दा बढी कोरोनाको प्रकोप न्युयोर्कमा देखिएको छ। जहाँ मात्रै १५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad