नवलपरासीस्थित सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रलाई बदनाम गर्न खोजेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।
‘सञ्चारमाध्यममा प्रकाशित र प्रसारित लेख या विचारमा चित्त नबुझे त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै यसविपरीत जिम्मेवार पदमा रहेका व्यक्तिले यस किसिमको शैली अपनाउनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो’ महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ प्रेसविरोधी यो हर्कतप्रति आपत्ति प्रकट गर्दछ।’
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा ‘प्रेसको संवैधानिक प्रावधानको ख्याल राखी सम्मान गर्न, कुनै पनि वहानामा पत्रकारमाथि यस्ता हर्कत नदोहोरिनेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण’ गराइएको छ।
Shares

प्रतिक्रिया