ad ad

समाज


चीनको सेनजेनमा कुकुर र बिरालोको मासु खान र बेच्न लाग्यो प्रतिबन्ध

चीनको सेनजेनमा कुकुर र बिरालोको मासु खान र बेच्न लाग्यो प्रतिबन्ध

नेपालखबर
चैत २०, २०७६ बिहिबार १२:१५,

चीनको सेनजेन शहरमा कुकुर र बिरालोको मासु खान र बेच्नमा प्रतिबन्ध लागेको छ।

सेनजेन कुकुर र बिरालोको मासु खान र बेचबिखनमा प्रतिबन्ध लगाउने चीनकै पहिलो शहर बनेको बीबीसीले जनाएको छ।

कोरोना भाइरस जंगली जनावरको मासु बेचबिखन हुने स्थानबाट सरेको खबरहरु सार्वजनिक भएपछि सेनजेनले कुकुर र बिरालोको मासु खान र बेच्न प्रतिबन्ध लगाएको हो।

आगामी मे १ तारिखबाट नयाँ नियम लागू हुने बताइएको छ। अन्तर्राष्ट्रिय मानव समाजका अनुसार हरेक वर्ष एसियामा ३ करोड कुकुरहरु मासुको प्रयोजनका लागि काटिन्छन्।

चीनमा कुकुरको मासु खाने मेला नै लाग्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .