कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पीसीआर थप्न निर्देशन दिएको छ।
मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई निर्देशन दिएको हो।
निर्देशक समितिले दिएको निर्देशन अनुसार प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा १० र अन्य जिल्ला अस्पतालहरुमा ५/५ भेन्टिलेटर थप गरिने छ भने विरगञ्ज र राजविराजमा पीसीआर मेसिन जडान गरिने छ।
भेन्टिलेटर र पीसीआर खरिद प्रक्रिया तत्काल शुरु गर्न समेत समितिले निर्देशन दिएको छ।
समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्थाबारे जानकारी गराएका थिए।
3
Shares
प्रतिक्रिया