नेपाल ल क्याम्पसका वार्षिक परीक्षा प्रणालीका पहिलो ब्याचका विद्यार्थी भेला भएका छन्।
वि.सं. २०३७–०४० ब्याचका विद्यार्थी भेला भई नयाँ कार्यसमिति चयन गरेका हुन्।
२०८२ सालको कार्यसमितिमा कृष्णप्रसाद बस्याल अध्यक्ष, झविन्द्र अर्याल र केशरीराज घिमिरेलाई सदस्य तथा अन्य २ जना सदस्य पछि थप गर्नसक्ने गरी सर्वसम्मत रुपमा चयन गरिएको छ।
विशेष अतिथिका रूपमा प्रा.डा. भरत बहादुर कार्की, प्रा.डा. लक्ष्मण कुमार उपाध्याय, प्रा.डा. अम्मर प्रसाद पन्त, सुशीला रेग्मी, सुशीलकुमार पन्त तथा भाइराजा पाण्डे थिए।
लोकसेवा आयोगका वर्तमान अध्यक्ष माधव प्रसाद रेग्मीले आफू कानून अध्ययन गरेकै कारणले नेपाल सरकारको न्यायसेवा, प्रशासन सेवाका विभिन्न श्रेणीहरू पार गर्दै विशिष्ट श्रेणीको सचिवबाट अवकाश भएको पाँच वर्षपश्चात् लोक सेवा आयोगको अध्यक्ष रहेको सुनाए।

कार्यक्रममा पूर्वमन्त्री अग्नि प्रसाद खरेल, काठमाडौं विश्वविद्यालय कानून सङ्कायका संस्थापक डिन विपिन अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकलगायतका सहभागीले विद्यार्थी कालको संस्मरण गरे।
कार्यक्रमको समन्वय र संयोजन समूहका विद्यार्थी तथा पूर्वराजदूत झविन्द्र अर्यालले गरेका थिए।
Shares

प्रतिक्रिया