अहिले काठमाडौँ उपत्यकासहितका केही क्षेत्रमा वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यका, काभ्रे सहितका ठाउँमा अहिले हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँमा हल्का वर्षासँगै असिना पनि परेको छ। काठमाडौँमा वर्षा सुरु भएपछि मौसम केही सफा भएको छ। गर्मी पनि घटेको छ।
आज देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हिमाली क्षेत्रका पनि एक(दुई स्थानमा आज हिमपातसहित पानी पर्ने सम्भावना छ।
366
Shares

प्रतिक्रिया