गोरखा भूकम्प गएको १० वर्ष भएकै दिन आज सिन्धुपाल्चोकमा धक्का महसुस भएको छ। आज शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपालखबरलाई जानकारी दिए।
केन्द्रका अनुसार यो परकम्प गोरखा भूकम्पपछि चार म्याग्नेच्युडमाथिको ६०३औं परकम्प गएको हो।
२०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्र भएर ७.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।
गोरखा भूकम्पका कारण सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक र गोरखामा भएको थियो।
गएराति पनि रुकुमपूर्वमा पनि भूकम्पको धक्का महसुस भएको थियो।
1.4k
Shares

प्रतिक्रिया