बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी अजरबैजान लैजाने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाको अजिरकोट गाउँपालिका–४ का २२ वर्षीय अनिल देवकोटा रहेका छन्।
उनले अजरबैजान पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ।
अनिलले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जाहेरी दिएका थिए।
उनलाई आज बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
93
Shares

प्रतिक्रिया