काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले आफूमाथि चौतर्फी आक्रमण भइरहेको गुनासो गरेकी छन्। बिहीबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको 'युथ सेलिब्रेसन' कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो काम देखेर आत्तिनेहरूले आक्रमण गरेको बताएकी हुन्।
'मैले एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भएँ। कुनै पनि दिन, बार, समय नभनी आफ्नो जिम्मेवारी, कर्तव्यमा निष्ठावान भएर, सदैव इमान्दार भएर जनताप्रति काम गरिरहेँ। जनताको माझ नै उभिएर काम गरेँ। बफादार भएर काम गरेँ। त्यसकारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो। आफूले गरेको कामको सकारात्मक प्रभाव देख्न थालेँ,' उनले भनिन्,'राष्ट्र निर्माण भएको देख्न नचाहनेहरू, काम गरेको देख्नेहरूको देख्दा भतभती पोल्नेहरूका लागि मेरो कामले पोल्न थाल्यो । चौतर्फी आक्रमण गरेको मैले महसुस गर्न थालेँ।'
उपमेयर डंगोलले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रवादी भएर काम गरिरहेकाले उनीमाथि पनि आक्रमण भइरहेको बताइन्।
Shares

प्रतिक्रिया