समाज


बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, हत्या भएको आशंका

बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, हत्या भएको आशंका

घटनास्ठल


नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १३:१९, काठमाडौँ

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर आज बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। 

उक्त शव स्थानीय ५० वर्षीय हरिकिसन रानाको भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो। 

शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ। 

बेलडाँडी गाउँपालिका–३ का स्थानीय बासिन्दा राना भैँसी पालेर दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए। ‘घटनास्थल शंकास्पद देखिएको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad