कञ्चनपुरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ।
बेलौरी नगरपालिका–११ शिवनगरमा मंगलबार बिहान जलेको अवस्थामा पुरुषको शव भेटिएको हो। सडक छेउमा शव नजिकै जलेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ।
मोटरसाइकल भन्दा केही पर घोप्टो परेको अवस्थामा पुरुषको जलेको शव भेटिएको हो।

शव पूरै जलेर क्षतविक्षत रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन।
‘प्रहरी टोली अहिले घटनास्थलमा छ। मृतकको यकिन पहिचान भएको छैन,’ डीएसपी जोशीले नेपालखबरसँग भने, ‘हामी अहिले घटनाको प्रकृति मुचुल्का तयार गर्दैछौँ।’
घटनास्थलमा बाक्लो संख्यामा स्थानीय भेला भएका छन्। त्यहाँ अहिले रुवाबासी चलिरहेको छ।

स्थानीयले घटना शंकास्पद भएकाले सुक्ष्म अनुसन्धानको माग गरेका छन्।
घटनास्थल नजिकै मोबाइल र वालेट (पर्स) भेटिएको छ। स्थानीयले उक्त शव बेलडाँडी गाउँपालिका निवासी हरिकृष्ण रानाको रहेको दाबी गरेका छन्। तर प्रहरीले मृतकको पहिचान यकिन नभएको जनाएको छ।
Shares

प्रतिक्रिया