ad ad

समाज


महानगरीय प्रहरीले बाँड्यो खाद्य सामग्री

महानगरीय प्रहरीले बाँड्यो खाद्य सामग्री

नेपालखबर
चैत १७, २०७६ सोमबार १२:३,

लकडाउनका कारण उपत्यकामा अप्ठेरोमा परेकाहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खाद्य सामग्री वितरण गरेको छ।

असहाय, अपांग तथा मजदुरलाई महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले सोमबार खाद्य सामग्री वितरण गरेका हुन्।

भक्तपुरको मानव कल्याण समाज झौखेलका ६३ जना फरक क्षमता भएका, अशक्त, असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठिमी, चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना श्रमिकलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको हो।

लकडाउनमा भोको पेटकै कारण हुन सक्ने बिभिन्न अपराधहरु रोक्न सहयोग पुग्ने र मानवीय सेवा पनि हुने भएकाले यो अभियान थालेको डीआईजी पोख्रेलले बताए।

लकडाउन अवधिभर विभिन्न निकायको समन्व्ययमा अत्यावश्यक सामग्री जुटाएर वितरण गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा फोन गर्न समेत आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .