समाज


सम्पर्कमा आउने संक्रमितका आफन्त तथा साथीभाइमा कोरोना देखिएन

सम्पर्कमा आउने संक्रमितका आफन्त तथा साथीभाइमा कोरोना देखिएन

नेपालखबर
चैत १७, २०७६ सोमबार ११:८,

स्वास्थ्य मन्त्रालयले हाल नेपालमा कोरोना संक्रमितहरुका सम्पर्कमा आएका आफन्त र साथीभाइको रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

हाल काठमाडौंमा दुई जना तथा धनगढी र बाग्लुङमा एक एक जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार जारी छ।

हालसम्म सरकारको सम्पर्कमा आएका उनीहरुका परिवार तथा सम्पर्कमा आएका साथीहरुको रिपोर्ट परिक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

यद्यपी विरामीसँग सम्पर्कमा आएका सबै जनालाई अझै खोज्नेक्रम जारी रहेको र खोजीपश्चात सबैको परिक्षण गरिने उनले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .