सरकारले प्रत्येक प्रदेशमा एक हजारका दरले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट बाँडेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सो कुरा जानकारी दिएका हुन्।
चीनबाट आइतबारमात्रै काठमाडौंमा स्वास्थ्य सामाग्री ल्याइएको थियो। आएका सामाग्रीहरु सबै प्रदेशमा कम्तीमा हजार सेटको दरले पीपीई, दशहजार माक्स, २० हजार ग्लोब्स बितरण भएको उनले बताए।
उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट पठाइसकेको र अन्य प्रदेशमा गाडीबाट पठाउने क्रम जारी रहेको समेत बताए।
प्रतिक्रिया