समाज


राजावादीको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार हो: मुख्यमन्त्री कार्की

राजावादीको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार हो: मुख्यमन्त्री कार्की

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८१ सोमबार १२:४२, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्। 

विराटनगरमा आज नेपाल पत्रकार महासंघ कोसी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताए। 

उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गरे। व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पनि उनले सम्पूर्ण पत्रकारलाई आग्रह गरे। 

कार्कीले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने बताए। मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने श्रृङ्खला मात्र भएको आरोप लगाए।

अपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै उनले पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल पत्रकार महासंघ कोसीका केन्द्रीय सदस्य कमल रिमाल, कोसी प्रदेशका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad