मालवाहक सवारी साधनमा लुकेर घर फर्किंदै गरेका ८५ जना चितवनमा पक्राउ परेका छन्।
चार वटा ट्रकमा चढेर घर जाँदै गरेका उनीहरुलाई चितवनको आपटारीबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरु मध्ये दुईवटा ट्रकमा रहेकाहरु मकवानपुर र अरु दुई वटाका भैरहवा जाँदै गरेका थिए। सरकारले लकडाउन गरेपनि मालबाहक सवारीलाई चल्न दिएकाले उनीहरु काठमाडौं लगायत बीच बाटोबाट घर फर्किएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविन श्रेष्ठले बताए।
भैरहवातर्फ जाँदै गरेका दुवै ट्रक इन्डियन नम्बरका हुन्। पक्राउ परेका व्यक्ति र सवारी जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया