ad ad

समाज


के चिया पिउनाले कोरोनाको संक्रमण हुँदैन? (तथ्य जाँच)

के चिया पिउनाले कोरोनाको संक्रमण हुँदैन? (तथ्य जाँच)

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ७:३१,

कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्।

यस भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाले विकराल अवस्था निम्त्याउँदै गएको छ। अमेरिका, चीन, इटली, स्पेन, जर्मनी र इरान कारोनाबाट सबैभन्दा बढी ग्रस्त मुलुक हुन्।

यसबीचमा चिया, बेसार पानी पिउनाले कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने हल्लाहरु सामाजिक सन्जालमा चलेको छ। यसबाहेक अन्य भ्रामक समाचारहरु पनि फैलिएका छन्।

चियाले के साँच्चै कोरोना नियन्त्रण गर्छ?

बीबीसीले गरेको तथ्य जाँचमा चियाले कोरोना भाइरस नियन्त्रण गर्छ भन्ने विचार चीनका डाक्टर लि वेनलियाङले राखेको सामाजिक सन्जाल प्रयोगकर्ताहरुको दाबी छ।

लि वेनलिङ आँखासँग सम्बन्धीत डाक्टर हुन्। उनको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

यी व्यक्तिलाई चीनमा नायकको उपमा दिइएको छ। किनभने कोरोनाबारे जानकारी दिने उनी नै पहिला व्यक्ति हुन्।

चियाबारे दाबीअनुसार वेनलिङले आफ्नो अनुसन्धानमा चियामा हुने तत्व ‘मिथाइलजेन्थाइन’ले कोरोना भाइरसको असरलाई कम गर्छ भनेर उल्लेख गरेका छन्।

सामाजिक सन्जालमा सेयर भएको सूचनाअनुसार वेनलिङको अनुसन्धानकै कारण चीनको अस्पतालले कोरोनाबाट ग्रस्त बिरामीलाई दिनमा तीनपटक चिया पियाउन थाले। त्यसपछि उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गयो।

बीबीसीले तथ्य जाँच गर्ने क्रममा चिया, चकलेट र कफीमा ‘मिथाइलजेन्थाइन’ तत्व भएको त फेला पार्यो। तर डाक्टर वेनलियाङले यस विषयमा कुनै अनुसन्धान गरेको तथ्य भेटेन।

चीनका अस्पतालले कोरोना संक्रमितलाई चिया दिएको विषय समेत झुठो ठहरियो।

चियाले कोरोना भाइरस निको बनाउँछ भन्ने सामाजिक सन्जालको सूचना गलत भएको चिकित्सकहरु बताउँछन्।

हालसम्म कुन औषधि कोरोना भाइरस नियन्त्रणका लागि प्रयोग हुन्छ भनेर ताोकिएको छैन। औषधि तथा भ्याक्सिन हाल परीक्षणकालमै छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .