ad ad

ग्लोबल


साउदी अरेबियामा रहेका सबै नेपाली सुरक्षित छन् : नेपाली दूतावास

साउदी अरेबियामा रहेका सबै नेपाली सुरक्षित छन् : नेपाली दूतावास

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ७:२६,

साउदी अरेवियास्थित नेपाली दूतावासले हालसम्म त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै साउदीमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी गराएको हो।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार १२ पुगेको छ। बिहीबार मात्र थप १ सय १२ जनामा संक्रमण देखिएको थियो।

संक्रमितहरुमध्ये हालसम्म ३३ जना निको भएका छन् । बिहीबार एक जनाको ज्यान गएपछि त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

साउदी सरकारबाट जारी लकडाउन र कफ्र्यू आदेशको पूर्ण पालना गर्न र स्थानीय कानुनको पालना गर्न दूतावासले आग्रह गरेको छ।

पछिल्ला दिनहरुमा संक्रमण हुनेहरूको संख्या बढ्दै गइरहेको हुँदा साउदीमा रहेका नेपालीलाई थप सावधानी र सचेतना अपनाउन दूतावासले भनेको छ।

अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भएकाले स्वदेश फर्किने चिन्ता गर्दै यत्रतत्र टेलिफोन नगरी आफू जहाँ छौँ, त्यहीँ सुरक्षित रुपमा बस्न पनि दूतावासको आग्रह छ।

नेपाल सरकारले नेपालमा भएका परिवार, आफन्त, साथीभाइ र छरछिमेकलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न हरसम्भव प्रयासहरु गरिरहेको पनि त्यहाँका नेपालीलाई दूतावासले जानकारी गराएको छ ।

केही समस्या परे नेपाली राजदूतावासको फोन नं ०११४६१११०८ मा विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म र कार्यालय समयपछि राजदूतावासको हटलाइन ०५५९३८९६०० मा सम्पर्क गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .