ad ad

समाज


पोखराको लेकसाइड र बगरमा पनि छरियो किटनासक

पोखराको लेकसाइड र बगरमा पनि छरियो किटनासक

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ७:४९,

पोखरा महानगरपालिकाले बिहीबारबाट सुरु गरेको किटनासक औषधि छर्ने अभियानलाई शुक्रबार पनि निरन्तरता दिएको छ।

महानगरले शुक्रबार कोरोना भाइरसको संक्रमण फैलन नदिन जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको हो।

किटनासक औषधि छर्न दमकल प्रयोग गरिएको छ।

पोखराका व्यापारिक केन्द्रहरु हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधि छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए।

उनका अनुसार भीडभाड हुने, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधि छरिएको हो।

महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरुलगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँहरुमा औषधि छर्ने कार्यक्रम रहेकाले सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .