समाज


केयूको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि संघले दियो अर्को चेतावनी

केयूको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि संघले दियो अर्को चेतावनी

नेपालखबर
फागुन २८, २०८१ बुधबार १३:३७, काठमाडौँ

काठमाडौँ विश्व विद्यालय (केयू) प्राध्यापक संघले उपकुलपति नियुक्तिमा भइरहेको विलम्प्रति पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। 

उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै केयू प्राध्यापक संघ विगत दुई सातादेखि आन्दोलनमा छ। 

संघका अध्यक्ष डा.विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले विज्ञप्ति जारी गर्दै विरोधका रचनात्मक  भूमिकाको वेवास्ता भइरहे संघर्षका कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। 

सुरुमा तीन दिनभित्र उपकुलपतिको नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि दोस्रो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाबका कार्यक्रम घोषणा गरेको थियो। 

तर, यस अवधिभित्र पनि नयाँ उपकुलपति नियुक्त नभएपछि संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हालसम्म संघ आफ्ना धारणासहित संयमित भई रचनात्मक भूमिका कायम राख्दै आइरहेकोमा अझै पनि नयाँ उपकुलपति नियुक्ति कार्य सुस्त हुने हो भने अर्को चरणमा रचनात्मक भूमिकाबाट पछि हटेर अरु ठोस कुनै कदम चाल्न बाध्य हुनेछ।’

उपकुलपति छनोट समितिले यही फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो। तर समितिका सदस्यहरूबीच सहमति नहुँदा अझै नाम सिफारिस हुन सकेको छैन।

समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल सदस्य छन्।

संघले प्रधानमन्त्री, शिक्षामन्त्री, सिनेट, उपकुलपति छनोट समिति लगायतका निकायलाई विभिन्न ढंगले ध्यानाकर्षण गराउँदै तुरुन्तै केयूमा उपकुलपति नियुक्ति गर्न माग गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad