समाज


मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

नेपालखबर
फागुन २८, २०८१ बुधबार १३:४३, काठमाडौँ

कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।
 
मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
 
रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
 
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा नजिक एक व्यक्ति मृत फेला परेका छन्। नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया आज मृत फेला परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad