धनुषामा एक जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनाका एक अभियुक्त पक्राउ परेका छन्।
धनुषाधाम नगरपालिका–३ तेजनगर का ३५ वर्षीय गंगा मण्डल खत्वेलाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीमाथि २०७६ मंसिर २८ गते क्षिरेश्वरनाथ नगरपालिका–५ कुचियाही टोलका राजेश साहको घरमा बम बिस्फोट गराएको अभियोग छ। बिस्फोटबाट साहको मृत्यु भएको थियो।
खत्वेलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया