राजनीति


कोरोनाबाट सुरक्षित हुने, भोकमरीले मर्ने अवस्था नआओस् : देउवा

कोरोनाबाट सुरक्षित हुने, भोकमरीले मर्ने अवस्था नआओस् : देउवा

नेपालखबर
चैत १३, २०७६ बिहिबार ७:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्युन आय भएका र मजदुरहरुका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेको छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत सभापति देउवाले उनले कोरोनाबाट सुरक्षित रहँदा रहँदै पनि कुनै समूह भोकमारीको शिकार बन्न नपरोस् भन्ने आग्रह गरेका हुन्।

कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण दैनिक कामकाज ठप्प बनेको भन्दै दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आए भएकाहरुका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।
‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’

उनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन लकडाउन उत्तम विकल्प भएको बताएका छन्।

 नेपालमा अहिलेसम्म तीन जना कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये एक जना उपचारपछि घर फर्केका छन् भने दुई जनाको टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिरहेको छ।

कोरोनाको संक्रमण बढ्दै जान थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै नेपाल भारत सीमासमेत लक गरेको छ। देशभार मंगलबारबाट सरकारले लकडाउन गर्दै

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad