समाज


आज राति यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज राति यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालखबर
फागुन १७, २०८१ शनिबार २०:१२, काठमाडौँ

आज (शनिबार) राति पनि देशका विभिन्न स्थानमा हिमपात र वर्षा हुने सम्भावना देखिएको छ। त्यसो त अहिले पनि कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति मधेसबाहेक देशका बाँकी सबै प्रदेशमा हिमपात र वर्षा हुने सम्भावना छ। 

हेर्नुहोस् रातिको सम्भावित मौसमबारे सातै प्रदेशको विवरण

कोसी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मधेस प्रदेश: तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

बागमती प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

कर्णाली प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad