समाज


चीनमा देखियो अर्काे नयाँ भाइरस, एक जनाको मृत्यु

चीनमा देखियो अर्काे नयाँ भाइरस, एक जनाको मृत्यु

नेपालखबर
चैत १२, २०७६ बुधबार ०:५१,

कोरोना भाइरसले विश्व आतंकित भइरहेका बेला चीनमै फेरि अर्काे नयाँ खालको भाइरस देखापरेको छ।

चिनियाँ सञ्चारमाध्यममा अनुसार हान्ता नाम गरेको नयाँ भाइरसले एक जनाको मृत्यु भएको हो।

युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो।

त्यसलगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो।

सोही आधारमा उनको मृत्यु पनि सोही भाइरसका कारण भएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने सीडीसीले जानकारी दिएको छ। मुसाको पिसाब, र्‍याल वा राम्ररी नपचेका खाद्य पदार्थको बाँकी अशंबाट मानिसमा सर्ने अनुसन्धानकर्ताले बताएका छन्।

यसको प्रारम्भिक लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन्। समयमै उपचार नभए खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउन सक्छ र ज्यान पनि जान सक्ने चिकित्सकले बताएका छन्।

मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने पहिलो उपाय भएको सीडीसीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad