छापा खबर


सबै सुरक्षा अंग हाई अलर्टमा

सबै सुरक्षा अंग हाई अलर्टमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ०:४३,

कोरोना (कोभिड-१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन्।

सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

प्रहरी प्रधान कार्यालयले आफ्नो नियमित क्रियाकलापमा खटिनेबाहेकका १३ हजार रिजर्भ फोर्सलाई कोरोना संक्रमणको नियन्त्रणका लागि हाई अलर्टमा राखेको छ।

यसैगरी, नेपाली सेनाले आफ्नो जनशक्तिलाई तयारी बनाएर क्वारेन्टाइनसहित कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखेको छ भने सशस्त्र प्रहरीले देशभर आफ्ना युनिटलाई तयार रहन निर्देशन दिएको छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नियमित काममा खटिनेबाहेकका १३ हजार जनशक्ति कोरोनाको जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको र आवश्यक परे तत्काल तैनाथ गरिने बताए।

‘हामीसँग १३ हजार रिजर्भ फोर्स तयारी अवस्थामा छन्, कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक परे तत्काल खटाउने तयारी छ,’ प्रहरी प्रवक्ता क्षेत्रीले भने।

कोरोनाको संक्रमण फैलिएको अवस्थामा रिजर्भ फोर्सलाई तत्काल परिचालन गर्नेगरी हाई अलर्टमा राखिएको उनले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad