ad ad

समाज


भरतपुरमा आइसोलेसनमा राखिएका युवाको मिर्गौला र लुपस रोगका कारण मृत्यु

भरतपुरमा आइसोलेसनमा राखिएका युवाको  मिर्गौला र लुपस रोगका कारण मृत्यु

नेपालखबर
चैत ११, २०७६ मंगलबार ७:१२,

चितवनको भरतपुर, प्रदर्शनी केन्द्रस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा वीरगञ्ज जगन्नाथ पुरका ३० वर्षे युवा रहेको र मिर्गौलाका बिरामी रहेको अस्पालले जनाएको छ।

ती युवा लुपस रोगबाट पीडित रहेको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए।

‘उनी मिर्गौला र लुपस रोगबाट पीडित रहेछन्, भरतपुरकै चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेकोमा केही दिनअघि ज्वरो आएपछि कोरोना विशेष अस्पतालमा ल्याएर जाँच गरिएको थियो’, प्रवक्ता डा. अधिकारीले नेपालखबरसँग भने, ‘हामीले कोरोना आशंकामा परीक्षणका लागि नमूना काठमाडौं पठाएका छौं, त्यसको रिपोर्ट आएको छैन।’

उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।

मंगलबार बिहान साढे नौ बजे उनको मृत्यु भएको डा. अधिकारीले बताए ‘काठमाडौंबाट नमूना परीक्षण रिपोर्ट नआएसम्म शवलाई हस्तान्तरण नगर्ने भएका छौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .