ट्रम्पले बारम्बार कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनिरहेका छन्।
ट्रम्पको टिप्पणी जातिवादी भएको भनेर आलोचना भइरहँदा कोरोना भाइरस एसियाली मूलका अमेरिकी नागरिकको गल्ती नभएको ट्रम्पले बताएका हुन्।
उनले भनेका छन्,‘एसियाली मूलका अमेरिकी नागरिकको पूर्ण रक्षा गर्नु महत्वपूर्ण छ।’ ट्रम्पले एसियाली मूलका अमेरिकी नागरिकहरु गज्जबको भएको बताएका छन्।
अमेरिकामा एसियाली मूलका नागरिकमाथि घृणित भाषा प्रयोग हुन थालेको र त्यो आफूलाई मन नपरेको ट्रम्पको भनाइ छ।
ट्रम्पका अनुसार एसियाली मूलका अमेरिकी नागरिकले अमेरिकालाई असाध्यै प्रेम गर्छन्।
अमेरिकामा हालसम्म कोरोनाका कारण ४६ हजार १४५ जना बिरामी परेका छन्। ५ सय ८२ को मृत्यु भइसकेको छ। एजेन्सी
प्रतिक्रिया