समाज


रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, साढे ८ करोड बिगो

रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, साढे ८ करोड बिगो

नेपालखबर
फागुन ५, २०८१ सोमबार २०:४१, काठमाडौँ

तपस्वी बनेर चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ।

सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् सहायक जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरे बताए। 

बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

हाल उनी बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका छन्। जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) 'छ' अनुसारको कसुर गरेको ठहर गरेको छ।

दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ। उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुर्व्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ।

र, उपदफा (३) 'छ' मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ। पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो। 

एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो।

बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो।

२०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो। त्यसअघि प्रहरीले लामो समयसम्म पक्राउको प्रयास गरे पनि असफल भएको थियो। पछिल्लोपटक तीन महिना पछ्याएर उनलाई पक्राउ गर्न सफल भएको थियो।

बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा विभिन्न देशका मुद्रा फेला परेका थिए। 

उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँबराबरका बरामद भएका थिए।

उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो।

याे पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad