फोटोफिचर


सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन (तस्बिरहरू)


सरोज नेपाल
पुस २५, २०८० बुधबार १४:३१, काठमाडौँ

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार सार्वजनिक गरेको छ। 

सीआईबीले पत्रकारहरूमाझ उनलाई सार्वजनिक गर्दै अब उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा अघि बढ्ने जनाएको छ।

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी पीडितको जाहेरीका आधारमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ। 

यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ। बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी निरन्तर फरार थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .