ad ad

समाज


कोरोना आशंका गरिएका शिवकुमारका भाइ भन्छन् : पटनाबाट यसरी आयो खुुसीको खबर

कोरोना आशंका गरिएका शिवकुमारका भाइ भन्छन् : पटनाबाट यसरी आयो खुुसीको खबर

नेपालखबर
चैत ९, २०७६ आइतबार १८:१७,

दाइ शिवकुमारको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएपछि मैले आइतबार दिउँसो सीडीओ, डीएसपी, उद्योगवाणिज्य संघ पर्सामा खबर गरेँ। जुुन रिपोर्ट आयो त्यो त भन्नै पर्यो, छिपाएर छिप्ने कुरा पनि होइन। ३ बजेतिर हामीलाई पटना अस्पतालबाट खबर आयो। सुरुमा रिपोर्ट पोजेटिभ आएको भन्दै यहाँ वीरगञ्जबाट दाइको उपचारमा गएका चारै जनालाई आइसोलेट गर्नुपर्छ भन्यो।

अस्पतालले फेरि दाइको स्वास्थ्य जाँचको लागि स्याम्पल लियो र, अहिले रिपोर्ट नेगेटिभ आयो। अहिले त उनीहरु चारै जना अस्पतालमै छन्। अब भोलि (सोमबार) डाक्टरले के भन्छन् त्यो हेर्न बाँकी छ। रिपोर्ट पोजेटिभ आइसकेपछि दाइको उपचारमा गएको छोरा (भतिज) सँग कुरा भयो। उसले भन्यो– खुुसीको खबर आयो पापा।

यसअघि आजै दिउँसो फोनमा उसले भनेको थियो– पोजेटिभ रिपोर्ट छ। अब तपाईंहरु पनि १४ दिन क्वारेन्टीनमा बस्नुपर्छ।अनि हामी ३ बजेतिरबाट क्वारेन्टीनमा बसेका थियौं।

सीडीओसावले भन्नुभयो तपाईंहरु घरमा बसे पनि बस्नुस् होइन भने हामी पनि क्वारेन्टीनमा राखिदिन्छौं। मैले होइन हामी आफैं घरमा बेग्लाबेग्लै बसिहाल्छौं भनें। त्यसपछि डीएसपी गौतम थापा साव आउनुभएको थियो। उहाँले पनि त्यही भन्नुभयो– तपाईंहरु आफैं क्वारेन्टीनमा बस्ने हो भने ठिकै छ, बाहिर ननिस्कनुुस्। तपाईंहरुलाई केही चाहियो भने हामीलाई फोन गर्नुहोेस् हामी पठाइदिन्छौं।

दाइलाई भारत (पटना) लैजानुुभन्दा चार दिन पहिले ज्वरो आयो, उल्टी भयो। अस्पतालमा देखाउन लगें, ‘यहाँ हुँदैन’ भनेपछि १७ मार्चमा पटना लगेका हौं। ब्लड चेक गर्दैछौं भन्दाभन्दै आज दिउँसो रिपोर्ट दियो– कोरोना पोजेटिभ छ भनेर। अनि (साँझ) अहिले फेरि नेगेटिभ दियो।

अब भोलिसम्म हामी क्वारेन्टीनमै बस्छौं। भोलि डक्टरले जे भन्छन् त्यही अनुसार निर्णय गर्छौं। हाम्रो घरमा २० वटा कोठा छन्। सबै जना बेग्लाबेग्लै कोठमा बसेका छौं। हामी ९ जना ठूलो मान्छे र ५ जना केटाकेटी छौं। आज साँझ नेगेटिभ रिपोर्ट आएपछि सीडीओ सावसँग कुरा हुन सकेन, डीएसपी सावलाई त भनिसकेको छु। अब भोलि उहाँहरुले जे भन्नुहुन्छ त्यही गर्छौं।

(शिवकुमार रुगंटाका भाइ सुरशेसँग गरिएको कुराकानीमा आधारित)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .