ad ad

राजनीति


अब चार वटा अस्पतालमा कोरोनाको परीक्षण हुन्छः सरकारका प्रवक्ता

अब चार वटा अस्पतालमा कोरोनाको परीक्षण हुन्छः सरकारका प्रवक्ता

नेपालखबर
चैत ९, २०७६ आइतबार १६:२९,

सरकारले कोरोना भाइरसको संक्रमणको परीक्षण थप तीन अस्पतालबाट गराउने भएको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले वीर अस्पताल, धुलिखेल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षणको व्यवस्था गर्न लागेको बताए।

अहिले काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा मात्रै यससम्बन्धी परीक्षण हुँदैछ। कोरोना परीक्षणलाई व्यापक नबनाएको भनेर आलोचना भइरहेको छ।

त्यसैगरी डा. खतिवडाले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न हुनेहरुको सुरक्षाका लागि सबैलाई पर्सनल प्राटेक्टिभ इक्विपमेन्टको व्यवस्था गरिने बताए।

‘पहिले स्वास्थ्यकर्मीको स्वास्थ्यमा जोड गरेका छौँ। उहाँहरुका लागि पीपीईसहितको व्यवस्था हुन्छ। सामाजिक सुरक्षादेखि प्रत्यायोजनसम्मको कार्यक्रम छ,’ खतिवडाले भने, ‘पेसागत इमान्दारिताबाट पछि नहट्न पनि आह्वान गरेका छौं।’

उनले लामो समय सीमा बन्द गर्नुपर्ने अवस्थामा आए चीन र भारत दुवै देशसँग छलफल गरिने बताए।

‘अहिलेको सीमामा यात्रु आवागमन रोक्ने निर्णय अस्थायी हो,’ खतिवडाले भने, ‘अहिले पनि सीमालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .