ad ad

राजनीति


अमेरिकाका सिनेटर पल कोरोना संक्रमित

अमेरिकाका सिनेटर पल कोरोना संक्रमित

नेपालखबर
चैत ९, २०७६ आइतबार १९:२६,

अमेरिकाको केन्टकीका सिनेटर  र्यान्ड पल कोरोना (कोभिड–१९) बाट संक्रमित भएका छन्। यो भाइरसबाट संक्रमित हुने उनी पहिलो अमेरिकी सिनेटर हुन्।

रिपब्लिकन सिनेटर पलले संक्रमण रहेको रिपोर्ट आएपछि आइतबार ट्विट गरेर आफू ठीकठाक रहेको र क्वारेन्टाइनमा बसेको जानकारी गराएका छन्।

पेशाले डाक्टर समेत रहेका पलले उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिए पनि यसबीच निकै यात्रा गरेको र बिभिन्न कार्यक्रममा सहभागी भएका कारण स्वास्थ्य जाँच गरेको बताएका छन्।

अर्को सदन प्रतिनिधि सभाका दुई सदस्य फ्लोरिडाका मारियो डायज बलार्ट र उटाहका बेन म्याकएडम्स पनि संक्रमित भएको रिपोर्ट आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .