ad ad

समाज


आजदेखि भिसा सकिएका विदेशीलाई कारबाही नहुने

आजदेखि भिसा सकिएका विदेशीलाई कारबाही नहुने

नेपालखबर
चैत ९, २०७६ आइतबार १४:१३,

आइतबारदेखि भिसा सकिएका विदेशीलाई पनि कारबाही नहुने भएको छ। शनिबारसम्म भिसाको म्याद रहेका विदेशी नागरिकले पछि जरिवाना नतिरी सेवा लिन पाउने अध्यागमन विभागले जनाएको छ।

विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार यो बीचमा भिसाको म्याद सकिने विदेशीले कार्यालय खुलेको ७ दिन भित्रमा बिनाजरिवाना भिसाको म्याद थप्न तथा स्वदेश फर्किन पाउने छन्। तर यसअघि नै भिसाको म्याद सकिएकाहरुलाई भने अध्यागमन ऐन अनुसार कारबाही हुनेछ।

भिसाको म्याद सकिएका विदेशी नागरिकले भने दैनिक ५ डलर जरिवाना तिर्नुपर्छ।

कोरोना भाइरसका कारण आइतबारबाट नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ। अध्यागमन विभागको सेवा समेत अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ। नेपालमा भारतबाहेकका देशबाट आउन राहदानी र भिसा अनिवार्य छ।

नेपालमा करिब ५ हजार विदेशी रहेका र त्यसमध्ये ५ सय जतिको भिसाको म्याद सकिएको हुन सक्ने निर्देशक तिवारीको अनुमान छ।

अध्यागमन विभागले पद यात्रामा पनि यसअघि नै रोक लगाइसकेको छ। पद यात्रामा मार्च १५ देखि अप्रिल ३० सम्मका लागि रोक लगाइएको अध्यागमन विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .