समाज


झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

बीपी राजमार्गमा पर्ने गोलन्जोरमा सडकबाट ४ सय मिटर तल खस्यो गाडी
झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
माघ २५, २०८१ शुक्रबार ८:१५, काठमाडौँ

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए। 

झापाबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरकाे गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको चौरसियाले बताए। घाइतेकाे परिचय खुल्न बाँकी छ।

‘घाइते हुनेमा ३ पुरुष र २ महिला छन्। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर छ,’ अहिले घटनास्थलमै रहेका इन्सपेक्टर चौरसियाले नेपालखबरसँग भने, ‘घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिँदैछ।’

गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको हनुमान प्रहरीले गरेको छ। घटनाको बिस्तृत विरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad