समाज


फिस्लिङमा कार र ट्रक ठोकिए

फिस्लिङमा कार र ट्रक ठोकिए

नेपालखबर
माघ २१, २०८१ सोमबार १२:५०, हेटाैँडा

पृथ्वी राजमार्गमा ट्रक र कार आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान पौने १२ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा ट्रक र कार एकआपसमा ठोकिएका हुन्। 

चितवन प्रहरीका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७५४ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ४००० नम्बरको कार ओभरटेक गर्ने क्रममा ठोकिएका प्रहरीले जनाएको छ।  

दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका–४ की ५० वर्षीया मायादेवी उपाध्याय गम्भीर घाइते भएकी छिन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते उपाध्यायलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको चितवन प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर महतोले जानकारी दिए। उनका अनुसार कार चालक रुपन्देही, देवदह नगरपालिका–४ का ५५ वर्षीय पुष्पराज अर्याल उपचारमा संलग्न रहेका छन्।

यता, ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ का ४४ वर्षीय गोपाल कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। दुर्घटनाका कारण बाटो एकतर्फी सञ्चालनमा रहेको छ भने ट्रक र कार दुवै घटनास्थलमै रहेका छन्।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक र प्रहरी चौकी फिस्लिङका प्रहरी सहायक निरीक्षक घनश्याम लामाको टोली घटनास्थलमा परिचालित भएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad