राजनीति


सांसद किराँतीले भने : पार्टी फूट्दैन, प्रश्नको मृत्यु हुन दिइन्न

सांसद किराँतीले भने : पार्टी फूट्दैन, प्रश्नको मृत्यु हुन दिइन्न

सुदन किराँती । फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८१ सोमबार १२:५२, काठमाडौँ


नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले पार्टी थप एकताबद्ध र मजबुत भएको दाबी गरेका छन्।  केन्द्रीय सदस्यसमेत रहेका उनले अनेरास्ववियू क्रान्तिकारीको चुनावलाई लिएर विभाजनको हल्ला मच्चाएको प्रति आपत्ति जनाएका हुन्।

सोमबार ललितपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई थप बलियो बनाउन युवा अगाडि बढिहेको बताए। उनले पार्टीमा प्रश्न सोध्ने विधि कहिले नरोकिने पनि बताए। 

'पार्टी फुटले सहिद,देश र जनतालाई धोका हुनेछ,' उनले भने,  'पार्टीभित्र पश्नको मृत्यु भयो भने स्वच्छचारीता अझ  बढ्नेछ। इतिहासको अनुभवले दुवै प्रवृति गद्दार र धोकेवाज हुनजान्छ,  स्वच्छचारी पार्टीले सहिदको सपना पूरा गर्न सक्दैन।'

'प्रश्न बिनाको पार्टी र इन्धन बिनाको साधन दुवै गन्तव्यमा पुग्दैनन्। आजको कार्यकर्ता यति कुरामा प्रष्ट हुनै पर्छ। तर प्रश्न यान्त्रिक, पूर्वग्राही र निरपेक्ष  हुनु भएन। यी दुवै प्रवित्तिले देश र पार्टीको नेतृत्व गर्न नसक्ने हुँदा हामीलाई अस्वीकार्य छ।'

माओवादी पार्टी फुटको हल्ला चलाउनेलाई उनले व्यङ्ग्य गरे। 'माओवादी पार्टी फुट्दैछ भन्दै भट्टीमा बसेर हल्ला गर्ने पात्र र प्रवृत्तिहरूरक्सी खपत गरेर आफ्नै स्वास्थ्य विगारी रहेको देख्दा दुख लाग्छ,' किराँतीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad