आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ।
आजका दिन विद्यार्थीले सरस्वतीको पूजाअर्चना गर्छन् भने विद्यालय नगएका साना बालबालिकालाई अक्षर लेख्न सिकाउने चलन छ।
किनकि सरस्वतीको पूजाका दिन आज अक्षरारम्भ गराए विद्या आउने विश्वास गरिन्छ।
यसै क्रममा आज बिहान काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिर पुग्दा भित्ताभरि नेपाली र अंग्रेजी अक्षर लेखिँदै थिए।
बालबालिकादेखि वृद्धवृद्धासम्म चकले भित्तामा आफ्नो नाम लेखेर रमाइरहेका थिए। ससाना बालबालिकाकालाई अभिभावकले हात समातेर अक्षर लेख्न सिकाउँदै थिए।
हेर्नुहोस् १६ तस्बिर-
















258
Shares

प्रतिक्रिया