जनशक्ति अपुग भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले करारमा जनशक्ति थप गर्ने तयारी गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण आशंकामा टेकु अस्पतालमा आजभोली दैनिक सयौँ बिरामी चेकजाँचको लागि जाने गरेका छन्।
अस्पतालले आज (आइतबार)का पत्रपत्रिकामा सूचना निकालेर बढीमा तीन महिनाका लागि करार सेवामा जनशक्ति लिन लागिएको जानकारी दिएको हो।
सूचनामा पाँचौँ तहका स्टाफ नर्स २६ जना, सातौँ तहका नर्सिङ अधिकृत ४ जना, आठौँ तहका मेडिकल अधिकृत ८ जना र नवौँ तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट ६ जना माग गरिएको छ।
यस अघि सरकारले कारोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ७० प्रतिशत भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमतासहितका उपकरण छन्।
प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना बाहिरबाट आउने गरेको छ।
प्रतिक्रिया