ad ad

समाज


कोरोनाले इटालीमा एकै दिन ८ सय जनाको मृत्यु, घरबाहिर निस्कन पनि प्रतिबन्ध

कोरोनाले इटालीमा एकै दिन ८ सय जनाको मृत्यु, घरबाहिर निस्कन पनि प्रतिबन्ध

नेपालखबर
चैत ९, २०७६ आइतबार ४:१०,

कोरोना भाइरस संक्रमणले इटालीमा एकै दिन झन्डै ८ सय जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको हो। योसँगै इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ।

यस्तै सोही दिन थप ६ हजार ५ सय ५७ जनामा कोरोनाको संक्रमण भएको छ। योसमेत गरेर इटालीमा कोरोना संक्रमतिको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ।

यसरी तीव्र रूपमा कोरोना फैलिएपछि इटाली सरकारले मानिसलाई घरबाहिर निस्कन पनि प्रतिबन्ध लगाएको छ। अत्यावश्यक आपूर्तिबाहेक सबै व्यवसाय बन्द गराइएको बीबीसीले जनाएको छ।

यस्तै स्पेनमा पनि कोरोना कारण शनिबार एकै दिन २ सय ८५ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ १ हजार ३ सय ७८ जना संक्रमित भएका छन्।

यस्तै इरानमा कोरोनाबाट शनिबार एकै दिन १ सय २३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको संख्या १ हजार ५ सय ५६ पुगेको छ ।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .