समाज


काठमाडौँको माइतीघरमा आवासीय चिकित्सकको धर्ना (तस्बिरहरू)

काठमाडौँको माइतीघरमा आवासीय चिकित्सकको धर्ना (तस्बिरहरू)

सरोज बैजु
माघ १६, २०८१ बुधबार १४:३९, काठमाडौँ

स्वाथ्य मन्त्री र शिक्षा मन्त्रीले गरेको निर्णय विरुद्ध स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू सडकमा उत्रिएका छन्।

माघ १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए। यसको विरोधमा चिकित्सकहरू विरोधमा उत्रिएका हुन्।

‘चरम श्रम शोषण र आत्मसम्मान माथिको निर्मम प्रहारविरुद्ध विरोध कार्यक्रम’  लेखिएको ब्यानरमा बुधबार काठमाडौँको माइतीघरमा धर्ना दिएका उनीहरूले ‘डाक्टरलाई बन्धक बनाउन पाइँदैन’, ‘शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीले २०८१/१०/१४ मा गरेको निर्णय फिर्ता गर’, ‘साइन्टिफिक पीजी लागू गर’, लगायत लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।

दुई मन्त्रीस्तरीय निर्णयका विरुद्ध आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad