ad ad

समाज


अझ तीव्र बन्दै कोरोना संक्रमण, मृतको संख्या १३ हजार नाघ्यो, एकै दिन १६ सय ३८ को मृत्यु

 अझ तीव्र बन्दै कोरोना संक्रमण, मृतको संख्या १३ हजार नाघ्यो, एकै दिन १६ सय ३८ को मृत्यु

नेपालखबर
चैत ९, २०७६ आइतबार १:८,

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ।

आइतबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १३ हजार २५ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको । यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ सय २५ पुगेको छ। त्यहाँ अहिलेसम्म ४२ हजार ६ सय ८१ जना संक्रमित उपचारको क्रममा छन्।

इटालीमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ। अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ।

त्यसैगरी गएको २४ घन्टामा स्पेनमा २८५, अमेरिकामा ६८, इरानमा १२३, फ्रान्समा ११२, युकेमा ५६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी अहिलेसम्म अमेरिकामा ३२४, स्पेनमा १३ सय ७८, इरानमा १५ सय ५६, फ्रान्समा ५६२, चीनमा ३२ सय ५५ जनाले ज्यान गुमाएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या ३३२ पुगेको छ। त्यहाँ ५ जनाले ज्यान गुमाइसकेका छन्।

आइतबार बिहानसम्म कोरोनाबाट विश्वभरि ३ लाख ६८ हजार ९२ जना संक्रमित भएका छन्। गएको २४ घन्टामा कोरोनाबाट विश्वर १६ सय ३८ जनाको ज्यान गएको छ।

विश्वभर हालसम्म ९४ हजार सात सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .