ad ad

खेल


कोरोना संक्रमणले रियल मड्रिडका पूर्वअध्यक्षको निधन

कोरोना संक्रमणले रियल मड्रिडका पूर्वअध्यक्षको निधन

नेपालखबर
चैत ९, २०७६ आइतबार १:२०,

कोरोना भाइरस संक्रमणका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ।

उपचारका क्रममा ७६ वर्षका सान्जको निधन भएको उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्विटमार्फत जानकारी दिएका हुन्।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल सान्जको शनिबार निधन भएको हो।

सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडका अध्यक्ष भएका थिए। उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .