ad ad

कारोबार


आजदेखि उपत्यकाका यी २२ स्थानबाट सजिलै पाइनेछ ग्यास

आजदेखि उपत्यकाका यी २२ स्थानबाट सजिलै पाइनेछ ग्यास

नेपालखबर
चैत ९, २०७६ आइतबार १:५,

कोरोना महामारीको सन्त्रासले ग्यासमा कालोबजारी हुन थालेपछि उपभोक्तालाई सहज होस् भनेर आज (आइतबार)देखि उद्योगीले काठमाडौं उपत्यकाका २२ स्थानमा रिटेल काउन्टर सञ्चालन गर्दै छन्।

आयल निगमले दिएको निर्देशअनुसार ग्यास उद्योग संघले आजदेखि काठमाडौंका विभिन्न २२ स्थानमा ग्यासको रिटेल काउन्टर सञ्चालन गर्ने भएका हुन्।

निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निगमले निर्देशन दिएको हो।

आपत परेका ग्राहकले रिटेलबाट पनि ग्यास खरिद गर्न सक्ने निगमले जनाएको छ।

ग्यास संघले पनि विज्ञप्तिमार्फत् आइतबारदेखि २२ ग्यास ब्रान्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने जानकारी दिएको छ।

lpgaspressrelease 2132020042232 1000x0

विज्ञप्तिअनुसार नेपाल ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटीबाट बिक्री गर्ने जनाएको छ।

ओम ग्यासले थली र नैकाप, बाबारश्रीरलुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सितापाइला, सुर्य ग्यासले जगाती, गीता ग्यासले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्यासले कागेश्वर मनहरा, भानु ग्यासले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्यासले ललितपुरबाट बिक्री गर्ने संघले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .