समाज


घाँटी कसिएर मरिन्छ कि जस्तो भयोः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

घाँटी कसिएर मरिन्छ कि जस्तो भयोः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

आक्रमणका बेला वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी


नेपालखबर
माघ ३, २०८१ बिहिबार ९:४८, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध बहस गरेर बाहिरिँदै गर्दा बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएको घटनाले अहिले निकै चर्चा पाइरहेको छ। 

जाहेरवालाका तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीलाई अदालत बाहिर बसेको एक समूहले हातपात गरेको थियो। जतिबेला अदालभित्र थुनछेक आदेश तयारी हुँदै थियो। 

पीडित वरिष्ठ अधिवक्ता त्रिपाठीले कसैले नछुटाएको भए आफू मारिने नै खतरा भएको दाबी गरेका छन्। 

घटनापछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘सुरुमा एउटाले यो टाइ तान्यो। टाइ तानेपछि घाँटी कसिएर मरिन्छ कि जस्तो भयो। तर एकजना कसैले बल्लबल्ल छुटायो। कहाँबाट एकजना आइपुग्यो, जसले मप्रति सहानुभूति राख्दोरैछ। एकजनाले कोटै तान्यो, एउटाले चाहिँ मेरो झोलै लिएर भाग्न थाल्यो।’

उनले आफूलाई आक्रमण गर्ने रास्वपाकै कार्यकर्ता भएको दाबी पनि गरेका छन्।

घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरिसकेको छ। 

रास्वपाले भने अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने मानिस आफ्ना कार्यकर्ता भए कारबाही गर्ने बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad