समाज


जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी हुँदा प्रहरी हबलदार घाइते

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी हुँदा प्रहरी हबलदार घाइते

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८१ बिहिबार १०:०, म्याग्दी

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना प्रहरी घाइते भएका छन्।  

जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हबल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्। 

हात र औँलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ। हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री आगाेमा जलेर नष्ट भएका छन्। 

आगलागी भएपछि तिवारी झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका छन्। 

विद्युत् चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad